एजेन्सी । मेटापछि टिकटकले पनि आफ्नो प्लेटफर्मममा ट्विटरको जस्तै माइक्रोब्लगिङ फिचर ल्याउने भएको छ ।

अहिले एक्सका रूपमा रिब्रान्ड गरिएको ट्विटरलाई टक्कर दिन फेसबुकको मुख्य कम्पनी मेटाले थ्रेड्स एप ल्याएको थियो । सुरुको पाँच दिनमै एक करोड प्रयोगकर्ता पुगे पनि ट्विटरलाई टक्कर दिने मेटाको प्रयास असफलजस्तै भएको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले पनि अब ‘अक्षरमा मात्र आधारित’ पोस्ट गर्न मिल्ने फिचर घोषणा गरेको हो । यो फिचरअन्तर्गत प्रयोगकर्ताले ब्याकग्राउन्डमा चाहेअनुसार रङ राखेर टेक्स्ट लेख्न सक्छन् । त्यसमा म्युजिक, साउन्ड, स्टिकर र लोकेसन समेत राख्न सक्छन् । यसरी तयार पारिएको पोस्ट भिडियोजसरी नै ड्राफ्ट राखेर चाहेको समयमा पोस्ट गर्न पनि सकिन्छ । यो फिचर टिकटक एपभित्रबाट क्यामेरामा गएपछि उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यहाँ फोटो, भिडियो र टेक्स्ट भनेर तीन अप्सन रहनेछन् । पोस्टमा ट्याग र ह्यासट्याग पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । टिकटकको यो फिचरले माइक्रोब्लगिङ एक्सलाई चुनौती दिन सक्ने ठानिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्