झापा , साउन १० । मोरङको बुढिगंगा गाउँपालिका-३ स्थित रमाइलो टोलको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका स्थानीय कृष्ण मगरको ३ वर्षीय छोरा कृष मगर रहेका छन् । मङ्गलवार दिउँसो साढे २ बजे कृष आफ्नै घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेका थिए । पानीमा तैरी रहेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक पठाइएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्