झापा , साउन १४ । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

आइतवार दिउँसो २ बजेको समयमा दमक नगरपालिका वडा नं. ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका वडा नं.५ घर भई हाल दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २७ वर्षिय सरोज सुब्बा र उनकी श्रीमती ३२ वर्षिया मिना राईको कोठामा ब्राउनसुगर बिक्री बितरण भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुसंगै रहेका कमल गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षिय सुमन श्रेष्ठसहित तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्