झापा , साउन १७ । भारतको सिलिगुडीदेखि काठमाण्डौ चल्ने बसमा अवैध सामान ओसारपसार हुने गरेको खुलेको छ ।

चेकिङ गर्ने क्रममा भारत– नेपाल चल्ने रात्रिबसमा अवैध सामान फेला परेको हो । आज साँझ ५.१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले मेचीनगर न.पा. ६ स्थित पूर्व पश्चिम लोकमार्गको भन्सार गेट अगाडि चेकिङ गर्ने क्रममा WB19L6161 नम्बरको सिलिगुडीदेखि काठमाण्डौ चल्ने बसमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान फेला परेको हो ।

गाडी छोप्ने कभर–२३ पिस, सुटकेस ग्लोप –१ प्याकेट, जुत्ता– ९ जोर, चप्पल – ३ जोर, जिन्स पेन्ट – १ पिस, सर्ट– ३ पिस, नाईटी– १२ पिस, ट्राउजर – १ पिस , लेडिज ब्याग– ३ पिस, हाफ पेन्ट– १८ पिस,जम्पर– १ पिस, भेस्ट ५ पिस, विजुली तार– ५ रोल, गाडीको हर्न –३७ पिस, गाडीको Air pro– ६ पिस र कमोडल– १ काटुन गरी अन्दाजी दुई लाख सत्तरी हजार तीन सय पचास रुपैयाँ मूल्य बराबरको सामान बेवारिसे अबस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले ती सामान मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्