झापा , साउन २१ । उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

शनिबार बेलुका साढे ९ बजे प्र.१ ०२ ०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियत्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा–६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो । घाइते भएका चालक त्रियुगा–६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा सवार रहको उदयपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्