झापा , साउन २५ ।झापा टेलरिङ ब्यवसायी संघको प्रथम अधिवेशन आज बिहीवार बिर्तामोडमा सम्पन्न भएको छ ।


अधिवेशनले वीरबहादुर दर्नालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।दर्नाल गोर्खा टेलरिङका संचालक हुन् । यसरी नै संघको वरिष्ठ उपाध्यक्षमा श्याम बस्नेत , उपाध्यक्ष ईर्साद अन्सारी , सचिव जितेन्द्र राजवंशी र महम्मद सद्दाम , कोषाध्यक्ष काजल मगर तथा सदस्यहरुमा पुष्पा राजवंशी , पुनम राजवंशी , पिकी शिवा , रियाज अन्सारी , यौवन पुरी , धनकुमार परियार , परवेज आलम रहेका छन् । एक उपाध्यक्ष र सदस्यहरु बाँकी रहेका पालिकाहरुबाट मनोनित गरिने बताईएको छ । सल्लाहकारहरुमा टिकाराम शिवा , हाजी सदरुल हक अन्सारी , तारा शेख , हाजी मनजर अली , लालबाबु शाह र दशरथ राजवंशी रहेका छन् ।

नेपाल टेलरिङ ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला संघका कार्यबाहक अध्यक्ष एजाज अहमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटी रहेका थिए । कार्यक्रममा श्याम बस्नेतले स्वागत तथा संचालन वीरु दर्नालले गरेका थिए ।

कार्यक्रममा बाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , तारा शेख , टिकाराम शिवा , हाजी सहिदिल हक अन्सारीलगायतले मन्तव्य राखेका थिए । यही साउन २७ गते काठमाडौमा हुने नेपाल टेलरिङ ब्यवसायी महासंघको अधिवेशनमा सहभागी भएर फर्किएपछि भदौमा पदस्थापन गरिने नवनिर्वाचित अध्यक्ष दर्नालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्