झापा , भदौ २ । बंगलादेशबाट शनिबार थप ५०० पर्यटक नेपाल आउँदै छन्।

बोर्डका निर्देशक मणि लामिछानेका अनुसार चार्डड जहाजबाट बिहान ११ बजेर ४० मिनेटमा १७५ जना काठमाडौं ओर्लिने छन् । बाँकी साँझ साढे ५ बजे आइपुग्ने छन् । यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो। नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएका हुन्। सम्मेलन सकिएलगत्तै पालका प्रमुख पर्यटकीय गन्तव्य घुम्ने उनीहरूको योजना छ । पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण  सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्