झापा, भदौ ६ । प्रतिबन्धित लागूऔषधसहित दिनहुँ पक्राउ गर्नेक्रममा प्रहरीले आज पनि दुईजनालाई पक्राउ गरेको छ ।

ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका हुन् । आज दिउँसो ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१३ चारआली चौकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१४ बस्ने अन्दाजी २२ वर्षिय अजय राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीसँगै रहेका साथी मेचीनगर नगरपालिका वडा नं.१२ बस्ने अन्दाजी २२ वर्षिय समिर धिमाल समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्