झापा, भदौ १० । तेह्रथुमको म्याङलुङमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बू र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहताले बताए । दुर्घटनामा गम्भीर घाइते दुवैको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।तीव्रगतिको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्