झापा, भदौ ११ । झापा गाउँपालिकाबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका–७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका–१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका –४ का २५ वर्षीय सन्देश लिम्बू रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

झापा–१ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले टोलीले गएराति सवा ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५० ग्राम ब्राउनसुगर , तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो ।

सशस्त्रले प्रदेश १–०२–०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउनसुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्