झापा , भदौ ११ । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा सवारीसाधन छाडेर बेपत्ता भएका झापा दमक नगरपालिका १ निवासी डाक्टर प्रज्वल कोईरालाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।

हराएका डाक्टर कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इलाका प्रहरी कार्यालय रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडी चिकित्सक कोइराला बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ । डाक्टर कोईराला जनरल सर्जन हुन् । करिब तीन बर्ष लाईफलाईनमा काम गरेका डाक्टर कोईराला एक साताअघि मात्रै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी गएका थिए । उनले खोलामा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्