झापा, भदौ १३ ।किशोरीको इच्छाविपरित पटकपटक डेटिङ जाउँ भनेर दिक्क लगाउने मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग वाणिज्य संघका महासचिव राजेन्द्र बस्नेत निलम्बित भएका छन् ।


महासचिव बस्नेतले एक सार्वजनिक संस्थामा कार्यालय सचिवको रुपमा कार्यरत करिव २१ बर्षकी किशोरीलाई सामाजिक सञ्जाल फेसबुकको च्याटिङमार्फत पटकपटक ‘घुम्न जाउँ, उतै बसौ, सपिङ गरिदिन्छु, टिकटक बनाउँ’ भन्ने आसयले च्याटिङ गरेका थिए । आफ्नोे इच्छाविपरितको डेटिङ प्रस्ताव अस्वीकार गरेपनि बस्नेतले पटकपटक यही आसयको च्याटिङ गरेपछि ती किशोरीले भाद्र ७ गते उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलाललाई च्याटिङको कुराकानी प्रिन्टसहित आफूमाथि भएको दुर्व्यवहारको छानविन गरी न्याय दिलाउन माग गरेकी थिइन् ।

महासचिव बस्नेतले व्यक्तिगत अस्मितामा आँच आउने भावको म्यासेज पठाएर आफूलाई तनाव दिएको किशोरीको निवेदनमा उल्लेख छ ।

किशोरीले दिएको निवेदनबारे छलफल गर्न कार्यबाहक अध्यक्ष दुलालले भदौ ८ मा बैठक राखेका थिए । उक्त बैठकमा महासचिव बस्नेत अनुपस्थित भएपछि स्थगित गरिएको थियो । गत आइतबार बैठक बसेर बस्नेतलाई महासचिव पदबाट निलम्बन गरिएको कार्यबाहक अध्यक्ष दुलालले जानकारी दिए । (थारु पोर्टलबाट)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्