झापा, भदौ २५ । भारतमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित दुई नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गंगाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल –भारत सिमानानजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो । प्रदेश १–०१–०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए ।

सोही क्रममा पानीट्याङ्की आउटपोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । ब्राउनसुगर, स्कुटर र नगदसहित पक्राउ परेका दुवै जनालाई पश्चिम बङ्गाल प्रहरीले सिलिगडी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्