झापा , भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनका कारण पार्टीद्वारा आजका लागि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।

खासगरी तीज कार्यक्रमहरु रोकिएका छन् । अखिल नेपाल महिला संघ बिर्तामोड नगर कमिटीको आयोजना तथा नेकपा एमाले बिर्तामोड नगर कमिटीको सहयोगमा आज बिर्ता पार्टी प्यालेस पुरानो भदपुर रोडमा हरितालिका तीज मिलन कार्यक्रम राखिएको थियो । सो कार्यक्रम स्थगित गरिएको एमालेका नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले नेकपा एमाले तथा जनवर्गीय संगठनका आजका लागि निर्धारण गरिएका सबै कार्यक्रमहरु स्थगित गरिएको बताए ।

त्यस्तै नेम्वाङको निधनका कारण अखिल नेपाल महिला संघ क्षेत्र नं ३ को अधिवेशनलगायत सबै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको क्षेत्रीय कमिटी क्षेत्र नं ३ झापाले जनाएको छ । भद्रपुरको किचकवधमा अखिल नेपाल महिला संघको प्रथम क्षेत्रीय सम्मेलन तथा तीज विशेष कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्