बिर्तामोड , भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको भारतीय माछा नष्ट गरिएको छ ।

नगर प्रहरीको गस्ती टोलीले ७० केजी प्रतिबन्धित भारतीय मरेका माछा बिहीवार बिर्ताबजारबाट बरामद गरेको थियो ।

रहु र पाम्पेट जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले बिक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाईएको छ ।
उक्त माछा प्रक्रिया पुरा गरी शुक्रवार खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमाण्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिए ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा बिक्री वितरण पूर्णरुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिएसंगै लुकिछिपी अस्वस्थकर माछा बिक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ । नगर प्रहरीले यसअघि पनि ठूलो परिमाणमा प्रतिबन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्