झापा, भदौ २९ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल÷मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्