झापा , भदौ ३० । राष्ट्रिय युवा संघ नेपालले बिर्तामोड– ३ स्थित ऐतिहासिक विराटपोखरीमा आज सरसफाई गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल बिर्तामोडको ३ नं वडा कमिटीद्वारा आयोजित सरसफाई कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ,नगर कमिटी उपसचिव तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नगर उपसचिव प्रकाश लिङ्देन , बिर्तामोड ३ का पार्टी अध्यक्ष कुमार बुढाथोकी , नगर कमिटी सदस्य तथा वडा कमिटी सह इन्चार्ज कोसिस घिमिरे पार्टीका वडा सदस्य तथा बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटा, युवा संघका अध्यक्ष कृष्ण बाराकोटीलगायत युवा संघका केन्द्रीय , क्षेत्रीय , नगर र वडा कमिटीका सदस्य तथा विराटपोखरी बहुउद्देश्यीय सरोवर समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विराटपोखरी बहुउद्देश्यीय सरोवर समितिका अध्यक्ष इन्द्र प्रसाईले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्