झापा, भदौ ३० ।भारतबाट आएर नेपालमा प्रतिबन्धित लागूऔषधको कारोवार गर्नेक्रममा फेरि एकजना भारतीय पक्राउ परेका छन् ।

शनिवार साँझ ६ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा अर्जुनधारा ११ बसपार्कमा रहेको ताप्लेजुङ फक्तालुङ होटल अगाडी पुगेको प्रहरी टोलीलाई देखेर शंकास्पद अवस्थामा रहेको मानिस भागेर सोही होटलको दोस्रो तलामा पुगेका थिए ।

सोधपुछ गर्दा भारत बिहार राज्य किसनगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने अन्दाजी २१ वर्षिय लाल मिया बताउने निजलाई तलासी लिँदा उनको साथबाट प्लास्टिकमा पोको पारी राखेको १२३ ग्राम २८० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई पक्राउ गरी थप अनुसधानको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्