झापा,असोज५।आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका छन् । विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन् । ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ । हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ । अझै विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारीहरूले आउने क्रम जारी रहेको सुवेदीले बताए । सरकारले विगतमा आफुहरूसँग पटक पटक सहमति गरेको तर, अहिले विधेयक ल्याउने बेला सहमतिलाई बेवास्था गरेको आरोप छ । आफ्नो पेशागत रक्षाका लागि आफुहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्