झापा,असोज९। पशुपति प्रसाद २ भस्मे डनको दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबिचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायाङ्कन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ । र्‍यापको सम्मिश्रण रहेको सिनेमाको चलचित्रमा कृष्ण भारद्वाजको सङ्गीत तथा सुशील पौडेल र सङ्गीतकार भारद्वाजको शब्द रचना रहेको गीतमा कालीप्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी र नीरज कँडेलको डिओपी रहेको गीतमा सङ्गीतकार भारद्वाज आफैँले र्‍यापमा स्वरसमेत दिने काम गर्नुभएको छ ।दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेतृ वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेभएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्