झापा,असोज१२।कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलसम्बन्धी कानुन बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयकको मस्यौदाका लागि स्वीकृति दिने निणर्य गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयलाई मन्त्रीपरिषद् बैठकले विधेयक मस्यौदाको स्वीकृति दिने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । झापाको अर्जुनधारा नगरपालिकाले अमेरिकाको टेक्सास सहरसँग भगिनी सम्बन्ध कायम गर्न पूर्वस्वीकृति माग गरेकामा मन्त्रीपरिषद् बैठकले नेपाल सरकारलाई सिफारिस गर्ने निणर्य गरेको छ । यसैगरी बैठकले उच्चस्तरीय प्रशासन सु्धार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिक गर्ने निणर्य पनि गरेको छ । कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था मिलाउन नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निणर्य पनि बिहीबारको बैठकले गरेको छ । मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई प्रदेश सरकारको प्रवक्ता तोक्ने निणर्य गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्