झापा, असोज १३ । भीषण वर्षासँगै मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ को तमादीखोलामा एउटा जिप बगेको छ ।

साँझ ७ बजेतिर बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ६२१३ को टाटासुमो जिप तमादी खोलाले बगाएको हो ।
खोलाको बीचभागमा जिप फसेको र चालकले ओट लगाउने क्रममा माथिबाट गेग्रानसहितको हिलो आएर बगाएको पर्वत प्रहरी प्रमुख खुमलाल भुसालले बताए । घटनास्थलमै रहेका भुसालका अनुसार जिपमा चालकसहित ४ जना सवार थिए ।

बागलुङको धौलागिरि काउन्टरबाट एकजना तथा अन्य दुई जना बाटोबाटै चढेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको भुसालले बताए ।

वर्षा भइरहेकाले हराएकाहरुको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । हराएका सबै पुरुष भएको र उनीहरुमध्ये कसैको पनि सनाखत हुन सकेको छैन ।
घटनास्थलमा प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी उद्धार तथा खोजीकार्यमा संलग्न छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्