झापा,असोज १४ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंशी उपसचिवमा चयन हुने देखिएको छ ।

दुईवटा उपसचिव पदमा चारजनाको उम्मेदवारी परेकोमा महिलामा उनी मात्र हुन् । अरु तीनजना पुरुष उम्मेदवार छन् । दुईवटा उपसचिवमध्ये एउटा महिलालाई दिए उनी निर्विरोध निर्वाचित हुनेछिन् । यद्यपि त्यसबारे निर्वाचन समितिको निर्णय आइसकेको छैन । निर्विरोध नभए आफू चुनावी प्रतिष्पर्धामा जान तयार रहेको उनले बताइन् । उनी लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाको उपाध्यक्षसमेत हुन् ।
कोशी प्रदेश कमिटीमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश कमिटी पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्