झापा, असोज १६ । वित्तीय क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाको रुपमा स्थापित हुँदै आएको बिर्तामोडको पी.के फाइनान्सियल एकेडेमीले एसीसीए( एसोसिएसन अफ चार्टर्ड सर्टिफाईट एकाउन्टेन्ट) मा ३० जना विद्यार्थीलाई उत्तीर्ण गराएको छ ।

चार्टर्ड एकाउन्टेन्टहरुको टिम मिलेर सञ्चालन गरेको एक पी.के फाइनान्सियल एकेडेमीले पहिलो र दोस्रो व्याचमा शतप्रतिशत नतिजा निकाल्दै त्यति विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको एकेडेमीका अध्यक्ष गंगाराम बस्नेतले बताए । उनले आफ्नो संस्थाबाट ९४ प्रतिशतभन्दा बढी अंक विद्यार्थीहरुले ल्याउन सफल बनेको जानकारी दिए ।

एसीसीएको क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न इच्छुक विद्यार्थीहरुलाई आफ्नो घर पायक पर्ने स्थान बिर्तामोडमा रहेर सेवा प्रदान गर्ने उद्येश्यले विगत एक वर्षदेखि आफूहरुले पठनपाठन संचालन गरिरहेको एकेडेमीका प्रवन्ध निर्देशक प्रज्वल अधिकारीले बताए । उनले दशैलगत्तै चौथो व्याचको लागि भर्ना खोलिने जानकारी दिए ।बिर्तामोडमा सो शैक्षिक संस्थाको स्थापनाले पूर्वी नेपालका विद्यार्थीहरुलाई अध्ययनमा सहज भएको पढाइ सकेर इन्टर्न गरिरहेका इलाम दानावारीका सागर ढुंगेलले आफ्नो अनुभव सुनाए ।

नेपालको पूर्वी क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिकसंगै वित्तीय संस्था स्थापना गरिएको संचालकहरुले जनाएका छन् । वित्तीय क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका चार्टर्ड एकाउन्टेन्टहरुद्वारा स्थापना गरिएको एकेडेमीले वित्तीय परीक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ्ग, प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ति प्रमाणिकरण बिदेशी बिनिमय व्यवस्थापन कार्य साथै अन्य वित्तीय व्यवस्थापन कार्यहरुमा उच्च गुणस्तरीय सेवा दिदै आउनुका साथै झापामा पहिलो पल्ट एसीसीए युकेको Approved Silver Learning Partner   को रुपमा अध्यापन गराउँदै आएको र यसमा स्तर उन्नति गरी Approved Gold Learning Partner को लागि आवेदन दिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

एसीसीए भन्नाले संसारको १८१ देशमा मान्यताप्राप्त लेखा व्यवसायी उत्पादन गर्नुका साथै ती देशहरुमा उच्च ओहोदामा रहि जागिर गर्न सकिने मान्यताप्राप्त डिग्री हो । यस विषय अध्ययन गर्दा गरिने ३ वर्षे इन्टर्न नेपाल वा विश्वका १८१ देशमा पनि गर्न सकिन्छ । साथै यस विषयको अध्ययनले ती देशमा credit transfer  गरेर पनि अध्ययन गर्न सकिन्छ । यसले देश तथा विदेश जाँदा पनि टेवा पुग्ने प्रवन्ध निर्देशक अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्