झापा , असोज १६ । बाँकेको नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको जनाइएको छ।

हिन्दुहरूको समूह मंगलबार नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरेको छ।
ठूलो संख्यामा निस्किएको जुलुसमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यू लगाइएको आचार्यले जारी गरेको आदेशमा भनिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्