मानेभञ्ज्याङ , असोज १६ । चाँद एफसी तीनधारिया सातौं मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

रेडहर्स फुटबल क्लब इलामलाई ४–१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए ।

४ मिनेट नबित्दै सौरभ तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए ।

६५ औ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गर्दै चाँदलाई ४–१ गोल अन्तरको जित निकाल्यो । खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए । जितसंगै चाँदले सेमिफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकात्ताबीचको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा डुवर्स र सिङलिङ स्पार्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्