एजेन्सी ।हमास विद्रोहीहरुले इजरायलको दक्षिणी शहर एश्केलनमा रकेट हमला तीब्र पारेका छन् ।

उनीहरुले सो शहर खाली गर्न सर्वसाधारणलाई चेतावनी दिएका थिए । शनिवारदेखि जारी इजरायल र हमासबीचको संघर्षमा मृत्यु हुनेहरुको संख्या १८ सय नाघेको छ ।हमासले इजरायलमा गरेको आक्रमणमा परी १ हजार ८ जनाको ज्यान गएको छ ।

त्यस्तै इजरायलले गरेको प्रत्याक्रमणबाट ८ सयभन्दा बढी प्यालेस्टाइनी मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । इजरायलले गाजा पट्टीमा हमासका दुई ठूला अधिकारी मारिएको दावी गरेको छ । तर, त्यसलाई हमासले पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्