बिर्तामोड, असोज २३ । राजधानीको कान्तिपथस्थित होटल यल्लो प्यागोडामा व्यवसायी दुर्गा प्रसाईमाथि भएको दुर्ब्यवहारको बिरोधमा बिर्तामोडमा बिरोध प्रदर्शन भएको छ ।

होटलमा कार्यक्रम गरेर बाहिर निस्कने क्रममा उनलाई कालोमोसो दलिएको थियो । उनीमाथि भएको दुर्ब्यवहारप्रति बिरोध जनाउँदै बिर्तामोडमा उनका समर्थकहरु सडकमा उत्रिएका हुन् । उनीहरुले नेकपा एमालेका नेता महेश बस्नेतको निर्देशनमा प्रसाईमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी ओली, युवा संघका अध्यक्ष क्षितिज थेबे र नेकपा एमालेबिरुद्ध चर्का नाराबाजी गरेका थिए ।

बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभा गरेको थियो । कोणसभामा उनीहरुले प्रसाईमाथि गरिएको दुर्ब्यवहारको चर्काे बिरोध गरेका छन् । उनीहरुले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी सशक्त कारबाही गर्न माग गरेका छन् । यदि राज्यले कारवाही नगरे जनकारवाही गरिने उनीहरुको चेतावनी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्