झापा,असोज २६। ‘हाम्रो गोल दुर्व्यसनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको वराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपाल र भारतका आठ वटा टिमले सहभागिता जनाउने छन् ।असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने खेलमा वराहक्षेत्र ११, बक्लौरी फुटबल क्लब, चित्ल्याङ्ग फुटबल क्लब, काठमाडौं, ब्रिगेड ब्वाइज क्लब, काठमाडौं, शान्तिनगर फुटबल क्लब, इटहरी, बि.एस.के. क्लब भारत, चक्रघट्टी फुटबल कल्ब र फ्युजन फुटबल क्लब, उदयपुर बिच हुने गोल्ड कप संयोजक दिनेश राईले जानकारी दिए ।प्रथम पुरस्कार दुई लाख र द्वितीय पुरस्कार एक लाख राशिसहित सिल, ट्रफी, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफी मेडल राखिएको आयोजक चक्रघट्टी फुटबल क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्