बिर्तामोड, कात्तिक १ । बिर्तामोड– ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संसथा लि. ले बुधवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बडादशै , तिहार , नेपाल संवत , छठलगायतका चाडपर्वका अवसरमा गौरवशाली साकोसले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा सल्लाहकार पुष्पलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरी , सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी ,संस्थाका कोषाध्यक्ष रामु सिंह,सदस्यहरु विष्णु चौधरी , नरेशमान धिमाल , शिक्षा उपसमितिका संयोजक दमन्ता दाहाल , ऋण उपसमितिका संयोजक झलकसिंह राजवंशी,लेखा समितिका सदस्य महादेव चौधरी, व्यवस्थापक वरुण चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा स्वास्थ्य बिमावापत् चन्द्रकला यादवलाई ३८ हजार १४० र युवराज बिमलीलाई ४ हजार ८०४ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । संस्थाले सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीसंग संझौता गरी स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।

शेयर सदस्यले रु एक हजार तिरेपछि त्यसमा संस्थाले रु ५ सय थपेर स्वास्थ्य बिमा गराउने गरिएको अध्यक्ष लवकुमार चौधरीले बताए । उनले संचालक समिति सदस्यसहित सम्पूर्ण शेयर सदस्यहरुलाई बिमा गर्न आग्रह गरे । उपाध्यक्ष युवराज बिमलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाकी सहसचिव रुपा राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्