झापा,कात्तिक ३ । दूषित मासु खाँदा झाडापखाला, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्न सक्ने भन्दै चेकजाँच गरिबएका चौपायाको मासु खान आग्रह गरेको छ ।चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न सक्ने सम्भावना रहेको जनाउँदै हाइजेनिक मासु खुवाउन उपत्यका भित्रने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठल ताजा मासु खुवाउने रणनीतिसहित पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको बताए ।उनले भने- ‘हामीले मासु खाँदा लाग्न सक्ने प्राणघातक रोगबाट नागरिकलाई जोगाउन अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरेका हौं ।’ उनले परीक्षण नगरेको चौपायको मासु खाँदा डरलाग्दो रोगको संक्रमण बढ्न सक्ने भएपछि राजधानीका बिक्री स्थलमा खसी, बोका, बाख्रा, च्याङ्ग्राको चेकजाँच शुरु गरेको जानकारी दिए । पशुसेवा विभागले उपत्यकाका ११ स्थानमा पशु चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्