झापा , कात्तिक ६ । अर्जुनधारा– ८ बिजुली अफिस पूर्व टोल समितिले दुर्गा पूजा सम्पन्न गरेको छ ।

घटस्थापनाको दिनदेखि शुरु भएर आज नवमीको दिन बिहान पूजा गरी बिधिवत रुपमा समापन गरी स्थानीय नदीमा गई बिसर्जन गरिएको हो । समापन कार्यक्रममा नवकन्याहरुलाई टीका लगाई दक्षिणा र मिष्ठान्न वितरण गरिएको थियो । कार्यक्रममा स्थानीय भजन मण्डली जलेश्वर कीर्तन मण्डलीले दैनिक रुपमा भजन कीर्तन गरेको थियो । समापन कार्यक्रम दुर्गा पूजा मुल समिति संयोजक घनश्याम गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको औचित्यमाथि बिनोद चौहानले प्रकाश पारेका थिए भने स्वागत मन्तब्य टोलका अध्यक्ष पुनम चौहान र शुभकामना मन्तव्य जलेश्वर कीर्तन मण्डलीका अध्यक्ष तारादेवी प्याकुरेलले राखेका थिए ।कार्यक्रमको सञ्चालन टोल समितिका सचिव रमेश नेपालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्