इलाम, कात्तिक ६ ।दशैंका बेला घरमा आगलागी हुँदा इलामको माई नगरपालिका– २ गोर्खेका गोपाल सुवेदीको परिवारको बिचल्ली भएको छ ।

आज बिहान ६.३० बजे सुवेदीको घरसंगै जोडिएको गाई गोठबाट आगो सल्किएको थियो। आगलागीबाट सुवेदीको दुईतले काठको घर, गोठ, भान्साघर, दुई तोला सुन, १० मन धान, नगद १० हजार, ३ वटा मोवाइल सेट , महत्वपूर्ण कागजातसमेत जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख बलदेव सुवेदीले जानकारी दिए ।

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी जुटेपनि नियन्त्रण गर्न नसकिएको बताईएको छ ।
आगलागीको कारण थाहा हुन नसकेपनि सुवेदीकी ५ बर्षिया नातिनीले खेल्ने क्रममा आगो सल्काएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्