झापा, कात्तिक १० । भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्धलाई ३१अक्टुबरसम्म बढाएको छ ।

मुख्यमन्त्री एन.बीरेन सिंहले प्रतिबन्ध फिर्ता लिने बताएको एक सातापछि प्रतिबन्ध अझ लम्ब्याइएको हो । उनले गत साता सरकारले केही दिनपछि प्रतिबन्ध हटाउने बताएका थिए ।

एक सरकारी अधिकारीका अनुसार केही असामाजिक तत्वले जनताको भावनालाई भडकाउने तस्वीर, घृणित भाषण र घृणाले भरिएको भिडियो फÞैलाउनका लागि व्यापक रुपमा सोशियल मिडियालाई प्रयोग गर्नसक्ने आशंकाका कारण प्रतिबन्ध बढाइएको हो ।

गत मे महिनाको चार तारिकदेखि मणिपुरमा हिंसा हुँदै आएको छ । मणिपुरमा रहेका कुकी र मैतेई समुदायबीच पाँच महिनादेखि जारी हिंसाका बीच इन्टरनेट सेवा ठप्प रहेको हो । बीचमा केही दिनका लागि इन्टरनेट सेवा खुल्ला गरिएको थियो । तर, प्रतिबन्ध हट्नेबित्तिकै हिंसा फेरि बढेको थियो । जसलाई दृष्टिगत गरी राज्य सरकारले फेरि इन्टरेनट सेवा रोकेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्