एजेन्सी । कतारमा पक्राउ परेका भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई त्यहाँको एक अदालतले मृत्युदण्ड फैसला सुनाएको छ ।

२०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन ।उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ ।

‘हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसलाको प्रतीक्षामा छौ । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टिमको सम्पर्कमा छौँ । हामीले उच्च प्राथमिकतामा यस विषयलाई हेरेका छौं र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौं‚’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पक्राउ परेका व्यक्तिहरू जाहिरा अल आलमी कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्