बिर्तामोड, कात्तिक १६ । अतिथि सदन रोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।

संस्थाको बिहीवार बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ६४ लाख १९ हजार ४८० रुपैयाँ नाफा भएको हो । गत वर्षको नाफा ५३ लाख १० हजार तीन रुपैयाँ थियो । त्यस्तै, आर्थिक वर्ष २०७९ ०८० को अन्त्यसम्म संस्थाको शेयर पुँजी छ करोड ८१ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । बचत निक्षेप २३ करोड एक लाख ४३ हजार ५४४ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७९ ०८० मा २७ करोड ९६ लाख ५५ हजार ७३९ रुपैयाँ कर्जा लगानी गरेको बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको वासलात ३४ करोड ५७ लाख ३४ हजार ८४१ रुपैयाँ रहेको छ ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसर पारेर कर्मचारी तथा शेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट कर्मचारीमा फिल्ड सुपरभाइजर ऋषिराम अधिकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट बचतकर्तामा विष्णुप्रसाद शिवाकोटी, दिपक भूजेल र प्रभा रायमाझी सम्मानित भए । उत्कृष्ट खुत्रुके बचतकर्तामा राहुल अग्रवाल र सन्तोष खतिवडा, कर्जा उपभोेक्तामा निकेश कटवाल र कमला उप्रेती सम्मानित भए ।

संस्थाले एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि नगदसहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा अभिनव सिलवाल र अंकिता दवाडी रहेका छन् । ३ दशमलव ७५ जिपिए ल्याएका सिलवाल र ३ दशमलव ९६ जिपिए ल्याएकी दवाडीलाई मोहनप्रसाद भट्टराईले आफ्ना बुवा र छोराको नाममा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको हो । बिर्तामोड, मेचीनगर र कनकाईमा तीनवटा सेवाकेन्द्र रहेको संस्थामा दुई हजार ४९० महिला र एक हजार ९६१ पुरुष शेयर सदस्य रहेका छन् । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए भने स्वागत कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेका थिए ।

यसैबीच संस्थाको पाँचौ अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा देवीप्रसाद अधिकारी, सचिवमा पुनः चन्द्रकुमार भट्टराई, सहसचिवमा प्रेमप्रसाद अधिकारी, कोषाध्यक्षमा छविरमण अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रेमबहादुर कार्की, अनिता मैनाली संग्रौला, ममता गुरुङ र कृपा खड्का चयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा पुनः श्याबहादुर निरौला, चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्