झापा, कात्तिक २१ । सरकारले दक्षिण कोरियामा कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थी पठाउने भएको छ । १६ कात्तिकमा नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र विद्यार्थी पठाउने विषय समेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको हो । ‘कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा २ वर्षसम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय दुई देश बीच भएको १६ कात्तिकको समझदारीमा समेटिएको छ,’ समझदारीको खाका बनाएका मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले भने, ‘इजरायलमा यस्तो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रुपमा दक्षिण कोरियालाई लिइएको हो । समझदारीको कार्यान्वयन सुरु भएपछि नेपालीहरु दक्षिण कोरिया जान सक्छन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्