कुमरखोद, कात्तिक २८ । झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा जलथल एफसी बिजयी भएको छ ।

एकता स्पोर्टिङ क्लब चारपानेलाई १–० को गोल अन्तरले हराउँदै जलथल एफसी बिजयी भएको हो । जलथल एफसीका तर्फबाट विनोद मेचेले खेलको १५ औं मिनेटमा गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो । आजको खेलको म्यान अफ द म्याच जलथलका संजित राई घोषित भए ।

झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा क्लबकै खेलमैदानमा मंसिर ३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टीमले भाग लिएका छन् । प्रतियोगितमा विजेता टिमलाई ५५ हजार ५५५ नगद र उपविजेता टिमलाई ३५ हजार ५५५ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताए ।

प्रतियोगितामा बेस्ट डिफेन्स , बेस्ट किपर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोररले समेत नगदसहित मेडल पाउने भएका छन् । पर्सी झापा एफसी र स्वतन्त्र युवा क्लव महाभारा गौरीगञ्जबीच खेल हुने आयोजकले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्