झापा, मंसिर ३ । झापाको भद्रपुर नगरपालिका ३ मा अजिङ्गर फेला परेको छ ।

आज दिउँसो सवा ४ बजेको समयमा भद्रपुर ३ मेचीपारी बस्ने अनहै राजवंशीको मेची खोलानजिकै रहेको खेतमा अन्दाजी ८फिट लम्बाई र अन्दाजी १० केजी तौल भएको जिवित अजिङ्गर फेला परेको हो ।

सो अजिङ्गर डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्