झापा, मंसिर ३ । आज साँझ इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी३०० मिटर तल खस्दा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको हो । ती बालक रुखमा अडकिएका थिए । दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ११ जना बालबालिका , १६ जना महिला र ३ जना पुरुष रहेका छन् । बसमा सवार ३७ जना सवार रहेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको टोली, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगी ३६ जना घाईतेको उद्धार गरी उपचारको लागि झापातर्फ पठाएको छ । घाइते सबैलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याइएको छ । केहीको अवस्था गम्भीर रहेको छ ।

घाईतेहरुको नामावली र अबस्था
१) धनुषाको धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने बर्ष २० की गणेशकुमारी मोक्तान ( अनुहारमा चोट अवस्था सामान्य )
२) ऐ ऐ बस्ने बर्ष ११ की समीक्षा मोक्तान (सामान्य )
३) ऐ ऐ बस्ने बर्ष १२ का शेखर मोक्तान (सामान्य )
(४) ऐ ऐ बस्ने बर्ष १२ की निर्जला मोक्तान (सामान्य )
५) ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा (सामान्य )

६) ऐ ऐ बस्ने बर्ष २ की स्नेहरीका लामा (सामान्य )
७) ऐ ऐ बस्ने बर्ष ९ की रिजा लामा (सामान्य )
८) ऐ ऐ बस्ने बर्ष ११ की काजल नायक (सामान्य )
१) ऐ ऐ बस्ने बर्ष १४ की निकिसा मोक्तान (सामान्य )
१०) ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य )
११) ऐ ऐ बस्ने बर्ष ४० की सुनमाया लामा (सामान्य )
१२) ऐ ऐ बस्ने बर्ष २० की कबिता घिसिङ (सामान्य )
१३) ऐ ऐ बस्ने बर्ष १३ का सौगात लामा (सामान्य )
१४) ऐ ऐ बस्ने बर्ष १४ की वर्षा तामाङ (सामान्य )
१५) ऐ ऐ बस्ने बर्ष १५ का सिद्धार्थ तामाङ (सामान्य )
१६) ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य )
१७) ऐ ऐ बस्ने बर्ष १२ की बिबिसा मोक्तान (सामान्य )
१८) ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य )
१९) ऐ ऐ बस्ने बर्ष २८ की कल्पनाकुमारी लामा (सामान्य )
२०) ऐ ऐ बस्ने बर्ष ३१ की शान्ता पाख्रिन (सामान्य )
२१) ऐ ऐ बस्ने बर्ष १८ की सन्ध्या मोक्तान (सामान्य )

२२) ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)
२३) ऐ ऐ बस्ने बर्ष ३५ की मनवती लामा (सामान्य )
२४) ऐ ऐ बस्ने बर्ष ३० की ज्ञानु लामा (सामान्य )
२५) ऐ ऐ बस्ने बर्ष १८ की प्रतीक्षा लामा (सामान्य )
२६) ऐ ऐ बस्ने बर्ष ४५ की लालकुमारी लामा (सामान्य )
२७) ऐ ऐ बस्ने बर्ष ४० का बिरबहादुर मोक्तान (प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
२८) ऐ ऐ बस्ने बर्ष १५ का करण मोक्तान (सामान्य )
२९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य )
३०) ऐ ऐ बस्ने बर्ष ६० की शान्तामाया तामाङ (सामान्य )
३१) ऐ ऐ बस्ने बर्ष ३५ का चालक अनिल परियार (सामान्य )
३२) ऐ ऐ बस्ने बर्ष ३० की रचना घिसिङ (सामान्य )
३३) ऐ ऐ बस्ने बर्ष ३५ का सञ्जिव तामाङ (सामान्य )
३४) ऐ ऐ बस्ने बर्ष १८ की रेणु घिसिङ (सामान्य )
३५) ऐ ऐ बस्ने बर्ष १६ की समीक्षा लामा (सामान्य )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्