झापा, मंसिर ५ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार) साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ः०० बजे सुरु हुने खेलमा नेपालले तुलनात्मक रूपमा बलियो टोली यमनलाई हराउने योजनामा छ । एक साता अघि समूहको पहिलो खेलमा संयुक्त अरब इमरिेट्स (यूएई) सँग उसैको मैदानमा ४-० गोलले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्