झापा ,मंसिर ९ । बर्दियाको गुलरिया–४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

राति करिब १० बजेतिर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्