झापा, मंसिर ९ । जंगली हात्तीले झापाको हल्दिवारीमा एउटा किराना पसलमा क्षति गरेको छ ।

आज बिहान ४ बजेको समयमा एकल हात्तीले हल्दिबारी २ सरस्वती टोल बस्ने हरिप्रसाद आचार्यको काठको घुम्तीमा सोही ठाउँ बस्ने मनकुमारी मगरले सञ्चालन गरेको किराना पसलमा क्षति गरेको हो । घुम्ती फोडेर चाउचाउ, बिस्कुट, चकलेट, मुरै, चिनी, दाललगायतका सामान खाएर अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको र हात्ती जलथल जंगलतिर नै गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्