झापा,पुष २ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । हिजो साँझ अन्दाजी साढे ५ बजेको समयमा झापा स्टेन्डबाट लागूऔषध ब्राउनसुगरसहित सूर्योदय नगरपालिका–१० फिक्कलमा मोबाइल पसल संचालन गर्दै आएका ४० बर्षिय छिनम तामाङ र २८ बर्षिय अविशेक राई पक्राउ परेका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागूऔषध खरिद विक्री गर्दै गर्दा दुवै जनालाई पक्राउ गरेको हो । लेनदेनका क्रममा प्रहरीलाई देखेपछि अविशेकको हातबाट लागूऔषध भुँइमा खसेको थियो । उनीहरुको साथबाट ३३० मिलिग्रामको ४ पोका र ११० मिलिग्रामको १ पोका लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्