झापा, पुष ५ । प्रतिदिन दैनिकका पूर्व सम्पादक राजेन्द्र गौतमलाई पितृशोक परेको छ ।

नेपाल प्रेस युनियन कोशी प्रदेश परामर्श समिति सदस्यसमेत रहेका पत्रकार गौतमका पिता डिल्लीप्रसाद गौतमको भोजपुरको अरुण गाउँपालिका–६ पाउलीस्थित निवासमा निधन भएको हो । २००६ साल पुष ११ गते जन्मिएका गौतमको उच्च रक्तचापका कारण निधन भएको हो ।

गौतमका श्रीमती चित्रकुमारीसहित ४ छोरा र २ छोरी रहेका छन् । चार जना छोराबुहारीहरुमा कृष्णप्रसाद– पवित्रा, राजेन्द्र– धनु, बिनोद–निर्मला, खगेन्द्र– रक्षा रहेका छन् । दुई छोरीहरु मुना र चन्द्रकला छन् । स्वर्गीय गौतमको बैरेनीमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार गौतमका पिताको निधनप्रति दुःख प्रकट गर्दै प्रतिदिन दैनिक परिवार दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्