झापा , पुष ६ । विद्यालय परिसरमा बाँदर छिरेपछि बिर्तामोड ८ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बिहान ७ बजेदेखि आएको बाँदरले आक्रमण गर्न खोजेपछि विद्यार्थीहरुमा भागाभाग भएको हो । बाटो अलमलिएर बाँदर विद्यालयमा छिरेको र बाँदरको प्रवेशले कक्षा ११ र १२को पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले बताए । उनले सो बाँदर अझै पनि विद्यालयको छेउमा रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्