झापा , पुष ६ । जंगली हात्तीले झापाको मेचीनगरमा एउटा घरको सटर र झ्याल भत्काएर क्षति गरेको छ ।

राति १२.३० बजेको समयमा आएको एकल हात्तीले मेचीनगर ३ बडारखाल टोलमा धनमाया तामाङको एकतले पक्की घरको सटर र झ्यालको सिसा भत्काएको हो । जसबाट १० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्