झापा ,पुष ६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित लमजुङका एक युवक मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं.९ बस्ने २९ वर्षीय दिपक गैरे रहेका छन् । शुक्रवार दिउँसो ३.४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गैरेलाई शंका लागेर चेकजाँज गर्दा उनको देब्रे खुट्टामा लगाएको जुत्ताभित्र लुकाई छिपाई ल्याउँदै गरेको १९ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

गैरेलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्