झापा, पुष ८ । झापाको दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आज बिहान भएको आगलागीबाट तीनवटा घर जलेर नष्ट भएको छ ।

बिहान ३ बजेको समयमा बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर , छाप्रा नं.५३५ बस्ने भिमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको हो ।आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको छ ।

सो आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहान साढे ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्