झापा, पुष १२ । मोटरसाइकलको ठक्करबाट झापाको बाह्रदशी–२ जनता चौकमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय ह्रदय भण्डारी रहेका छन् । हिजो साँझ सवा ७ बजे भण्डारीलाई घरनजिकै नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।गंभीर घाइते भण्डारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि पूर्व सैनिक भण्डारीलाई सैनिक अस्पताल छाउनी रेफर गरिएको थियो । त्यहाँ पनि उपचार नहुने देखेर घर ल्याइएकोमा उपचारका लागि आज दिउँसो प्रादेशिक अस्पताल भद्रपुर लाँदै गर्दा उनको मृत्यु भएको बाह्रदशीका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिएकी छन् ।

ठक्कर दिएर मोटरसाइकल पन्थापाडातर्फ फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्